बागमती खोलामा भासिएको पुलको मर्मतपछि चल्न थाले सवारी
पुलको मर्मत कार्य गर्न भन्दै माघ २७ गतेदेखि पुलबाट सवारी साधन सञ्चालनमा रोक लगाइ डाइभर्सनबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको थियो। पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको ‘कङ्क्रिट’ हालेर ढलान गरिएकाले तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने भएको सडकका प्राविधिकले बताएका छन्।
बिएल संवाददाता - सर्लाही