प्रतिनिधिसभामा आज पनि रास्वपा र राप्रपाको अवरोध
रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद् अवरोध गर्दै आइरहेको हाे। राप्रपाका सांसदहरूले बैठक छाडेर निस्किएका छन् भने रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं