कम्बोडियाको पोइपेट, नोम पेन्ह र बाभेट। म्यान्मारको म्यावडी, वाङ म्याङ्टम र टाइछीलेक। त्यस्तै, लाओसका विभिन्न भूमिगत क्षेत्रहरूमा खासगरी नेपाली, भारतीय, श्रीलंका, मलेसियनहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर ल्याइन्छ र पछि बन्धक बनाएर साइबर ठगीमा संलग्न गराइन्छ।
फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत नक्कली विज्ञापनहरू राखेर युवाहरूलाई फसाउने गरेको झापाका योगराज लिवाङले बताएका छन्। उनी आफैपनि म्यान्मारको वाङ म्याङ्टमबाट उम्किएका नेपाली युवा हुन्। मासिक ३ हजारदेखि ८ हजार डलरसम्मको तलबको लोभ देखाएर म्यान्मार, थाइल्यान्ड, कम्बोडियार लाओस पुर्याइएका युवाहरूलाई पछि नारकीय जीवन बिताउन बाध्य पारिन्छ। उनीहरूको राहदानी जफत गरिन्छ र परिवारसंग सम्पर्क गर्न समेत दिइंदैन।
बिएल संवाददाता
- काठमाडौं