नेपाल बुलेट हाउसको ‘काठमाडौं-स्याङ्जा राइड’ सुरु (तस्बिरहरू)
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बुलेट हाउसले बिहीबार बिहान काठमाडौंको तीनकुनेबाट राइड सुरु गरेको हो। १३ वटा रोयल इनफिल्डसहितको टोलीमा १६ जना राइडर सहभागी छन्। राइडिङ टोली आज (बिहीबार) पोखरा हुँदै कास्कीको ल्वाङ गाउँ पुग्नेछ। शुक्रबार पोखरा फर्किएर स्याङ्जाको सिरुबारीतर्फ लाग्नेछ। र, शनिबार काठमाडौं फर्किनेछ।
बिएल संवाददाता - काठमाडौं