जलमग्न विराटनगर (तस्बिरहरू)
मंगलबार रातिदेखि निरन्तर परेकाे वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका छन्। वर्षासँगै आएको बाढीले सयाैँ बस्तीहरू डुबानमा परेकाे स्थानीय प्रशासनले जनाएकाे छ।
बिएल संवाददाता - माेरङ
मंगलबार रातिदेखि निरन्तर परेकाे वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका छन्। वर्षासँगै आएको बाढीले सयाैँ बस्तीहरू डुबानमा परेकाे स्थानीय प्रशासनले जनाएकाे छ।
बिएल संवाददाता - माेरङ
मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले परियारलाई बधाई दिँदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो। गत जेठ २९ गते रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए। यसको लागत रु सात करोड ७२ लाख रहेको छ।
बिएल संवाददाता - म्याग्दी
भारतीय रेललाई आफ्नो भूमिमा ट्रान्जिट सुविधा दिने एउटा सम्झौतामाथि बंगलादेशका विपक्षी तथा कैयन उच्च पदस्थहरूले आलोचना गरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूले ‘देशकै हितका लागि’ यो सम्झौता गरेको सफाइ दिएकी छिन्। उनले आफूले छिमेकी देशसँगको सम्बन्ध सुधार तथा आफ्नो देश र जनताका लागि पनि फाइदा हुने हिसाबले नै त्यो सम्झौता भएको पनि दाबी गरेकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए। यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्।
बिएल संवाददाता - सुन्दरहरैँचा
लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन्।
बिएल संवाददाता - लमजुङ
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ।
बिएल संवाददाता - काठमाडौँ
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ। उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
सामाजिक सञ्जाल फेसबुकमा जथाभावि लेखेर प्रहरीकाे नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे–१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहाइ भएका छन्। काफ्लेले पटक–पटक अप्रमाणी विषयमा चरित्र हत्या हुनेगरि सामाजिक सञ्चालमा तस्बिरसहित लेखेपछि विद्युतीय कारोबार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो। गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्व प्रमुख दिलिपकुमार राई (किशोर)को फोटो तानेर गम्भीर अपराधी झै आँखामा पट्टी लगाएको फोटोसहित पोष्ट गरेका थिए। संविधान सभा सदस्य चण्डीप्रसाद राई, पूर्व प्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।
बिएल संवाददाता - मोरङ
चितवनको पदमपुरमा ५० करोड रुपैयाँ लगानीमा एउटा वेलनेस होटल खोलिएको छ। पर्यटनकर्मीहरू लाक्पा ढुण्डुप लामा, सुशील चौधरी र राजेन्द्र महतोको लगानीमा खुलेको उक्त होटलको मंगलबार पर्यटन तथा संस्कृति मन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका छन्।
बिएल संवाददाता - चितवन
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार नै सार्वजनिक गर्नेगरी अन्तिम तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। कुनै प्राविधिक समस्या नआएमा बुधबार अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ।
बिएल संवाददाता - काठमाडाैँ
पर्यटनकर्मी लाक्पा ढुण्डुप लामा, सुशील चौधरी र राजेन्द्र महतोको संयुक्त लगानीमा कालिकानगर नरपालिका– १ पदमपुरमा मुनाल एण्ड मयुर होटल खुलेकाे हाे। हाेटलकाे मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका छन्।
बिएल संवाददाता - चितवन
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमाण्डरलाई बर्खास्त गरेका छन्। सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चलेको बताइएको छ।
बिएल संवाददाता - काठमाडौँ
दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ। जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
नवौं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजलासले कोशी सरकारविरुद्ध कार्कीले दायर गरेको रिट खारेज गरेको हो।
बिएल संवाददाता - काठमाडौं