कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो
ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ। गत वर्ष आर्थिक वर्ष २०८०–८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो।
बिएल संवाददाता - फुङ्लिङ