नयाँ मन्त्री आउँदै गर्दा गृह मन्त्रालयमा छैन उत्साह
गृह मन्त्रालयमा भने नयाँ मन्त्री आउने कुराले कुनै उत्साह छैन। सरकार परिवर्तनसँगै गृहमा काँग्रेसका रमेश लेखक मन्त्री भएर आउँदैछन्। तर यसअघिका गृहमन्त्री रवि लामिछाने मन्त्रालयमा आउँदा उत्साह थियाे। समर्थककाे ठुलै भिड थियाे। यसपटक भने त्यस्ताे उत्सव देखिँदैन। गृह मन्त्रालयमा सीमित कर्मचारी मात्रै स्वागतमा छन्।
बिएल संवाददाता - काठमाडौं