बाइडेन भन्छन्- मेरो छोरालाई दिएको सजाय माफ गर्दिनँ
बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
गर्मीको मार झेल्न नसक्ने अवस्थामा पुगेपछि हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुईदिन बिदा दियो। विगतका केही वर्षयता नै गर्मीको समस्याले शिक्षा क्षेत्रलाई प्रभाव पारिरहेको भए पनि यस वर्ष गर्मीको मात्रा अत्याधिक बढेको छ।
बिएल संवाददाता - हेटौँडा
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ। नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ।
बिएल संवाददाता - धादिङ
मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ।
बिएल संवाददाता - हेटौँडा
म्याग्दीको बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ। विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए।
बिएल संवाददाता - म्याग्दी
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए।
बिएल संवाददाता - ताप्लेजुङ
विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो।
बिएल संवाददाता - दमौली
आज साँझ कावासोती नगरपालिका– २ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो। एक जना महिला बेपत्ता भएकी थिइन्।
बिएल संवाददाता - नवलपरासी
पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो। बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
बिएल संवाददाता - खाँदबारी
नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०को विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
उनलाई साँझ सवा पाँच बजे नदी किनारको फाेहाेरमा अड्किएको अवस्थामा जिबितै उद्दार गरी कुरिनटारस्थित सशस्त्र प्रहरिबलको ट्रमा सेन्टरमा ल्याइएको छ।
बिएल संवाददाता - काठमाडाैं
सामान्यतया नेपालमा मनसुन जुन १३ देखि भित्रिनथाल्छ। तर यसपालि पूर्वी नेपालबाट भित्रिन थालेको मौसम प्रणाली सदरदर मिति भन्दा ३ दिन अगावै भित्रियो। मनसुन भित्रिदाँ सामान्य वर्षाले पनि यहाँको तापमान अलि कम हुनसक्थ्यो। तर मनसुनकै आशामा पश्चिम तराई अनि मध्यपहाडहरू भने घामले सुकिरहेका छन्।
टोपेन्द्र रोका मगर - काठमाडौँ
छापा माध्यमहरुको राष्ट्रिय सञ्जाल र नेपाल-चाइना मिडिया फोरमले बिहीबार छुट्टाछुट्टै रुपमा ‘नेपालका छापा माध्यमले भोगिरहेका समस्या’ बारे छलफल र ‘नेपाल-चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय सिरहामा एक महिला प्रहरी जवान कार्यालयभित्रै मृत भेटिएकी छन्। सिरहामा कार्यरत प्रहरी जवान करिष्मा सुनार बिहीबार दिउँसाे शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीले भने, ‘विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ। हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन–कुन उद्योग पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ।’
बिएल संवाददाता - काठमाडौं
‘हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन’, राष्ट्रपति पौडेलले भने, ‘जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ।’
बिएल संवाददाता - स्वीट्जरल्याण्ड
‘नेपालका कानुनहरु, नेपालको समाज, हाम्राे आफ्नाे सामाजिक महत्व छ। यो सबैलाई पनि मान्य हुने गरेर कुनै पनि हाम्रा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरु आउँछन् भने हामीलाई टिकटकलगायत कसैसँग पनि आपत्ति छैन, मन्त्री शर्माले भनिन्, ‘मुख्य कुरा के हाे भने टिकटक नाममा हाम्रो कुनै समस्या होइन। टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो आफ्नाे स्वनियमनको व्यवस्था थिएन, सबैले पनि स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .