बुधबार, २६ नोभेम्बर २०२५

कला प्रदर्शनीले पर्यटन विकासमा टेवा पुग्छ: पूर्वराष्ट्रपति

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्राकृतिक दृश्य, सम्पदा तथा मौलिक विषयलाई कला सृजनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थापाथलीबाट बच्चा चाेरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्रीले देशमा व्यावसायिक वातावरणको निर्माणका लागि सरकार लागिपरेको पनि बताएका थिए। अर्थतन्त्रमा समस्या देखिएपछि आफू प्रधानमन्त्री भएदेखि नै निजी क्षेत्रको सल्लाह र सुझावका आधारमा काम गरेको र अहिले पनि निजी क्षेत्रको परामर्शअनुसार अघि बढ्ने उनले बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बर्खास्तमा परे न्यायाधीशद्वय थपलिया र निरौला

परिषद्को आइतबार बसेकाे बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेकाे हो। उनीहरुकाे आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्त गर्ने निर्णय गरिएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापाकाे सार्वजनिक जग्गा भ्रष्टाचार, माओवादी नेता पुरीसहित १७२ जनाविरुद्ध मुद्दा

झापाकाे बालुवाटार भनेर चिनिने रतुवा र दिपिनी खोला किनारको सरकारी सार्वजनिक जग्गा व्यक्तिकाे नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आराेपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लामा चन्दननाथ-४ बाट सुरु गरियो दादुरा–रुबेलाविरुद्धको खोप अभियान

खोप अभियानको उद्घाटन कार्यबाहक समन्वय प्रमुख लग्नमाया भण्डारी, चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले संयुक्त रुपमन सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयले बनायो तीन सदस्यीत टोली

मिटरब्याज पीडितसँग वार्ता गर्नका लागि गृहमन्त्रालयले तीन सदस्यीय वार्ता टोली बनाएको छ। २५ दिनको पैदल हिडेर काठमाडौँ आएका पीडितसँग वार्ता गर्न आइतबार गृहमन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अस्पतालबाट बच्चा चाेरी गरेको आरोपमा मनकुमारीविरुद्ध अदालतमा मुद्दा दर्ता

थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी दैलेखको नौमुले गाउँपालिका–१ की मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राजनीतिक दलसम्बन्धी विधेयक संसद्मा

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थामा अध्यादेशमार्फत् संशोधन भएको थियो। तर उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभासमक्ष पेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजनीतिक नियुक्ति र भागबण्डाका कारण सरकारी निकायहरु समस्याग्रस्त बन्दै गए’

नेपाल वायुसेवा निगममा सरकारले करिब रु ३१ अर्ब बराबर लगानी गरेको र हाल रु ४८ अर्ब घाटामा रहेको उल्लेख गर्दै उनले निगमको आर्थिक अवस्था सुधारका लागि पहल गरिनुपर्ने माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीलाई ज्ञानेन्द्र शाहीकाे जवाफ: मैले राजीनामा किन दिने- मान्छे मारेर आएकाे हाे? (भिडियाे)

‘म जनताबाट निर्वाचित भएर, जुम्लाका दाजुभाइले आशीर्वाद दिएर पठाएकाे हाे। मैले राजीनामा किन दिने? म ८/९ वर्षका बच्चाबच्चीकाे घाँटी काटेर आएकाे हाे? मैले राजीनामा किन दिने-  गुँड्दै गरेकाे बसमा बम हानेर मान्छे मारेकाे हाे? मैले नेपाली दाजुभाइ दिदीबहिनीलाई मारेकाे हाे? जातजाति, धर्म, भेषभूषाका नाममा हिंसा गर्दै आएकाे हाे? मैले राजीनामा के आधार र कुन अवस्थामा दिने?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्घाटनअघि कोटबाडाको सुनथराली विमानस्थलमा परीक्षण उडान

३८ वर्षपछि कालिकाेटको नरहरीनाथ गाउँपालिका-१ काेटबाडास्थित सुनथराली विमानस्थल उद्घाटन हुन लागेको छ। उद्घाटनअघि तारा एयरले सफल परीक्षण उडान गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अध्यागमनले जारी गर्‍याे अनलाइनमार्फत ‘रुट परमिट’

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद हो : सांसद घिमिरे

कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसदलाई लिने गरिन्छ। जनतालाई कानुन निर्माण हुने थलो संसद हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ। संसदमा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका छलफलले प्राथमिकता पाइरहेका हुन्छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन्। इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ)ले उनलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोदोबाट बिस्कुट उत्पादन

पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

सुदूरपश्चिममा पाँच लाखभन्दा बढी बालबालिकालाई खोप लगाइँदै

सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ। दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली