अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण
जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको शालिक अनावरण गरिएको छ। अमरगढी किल्लामा रहेको काजी थापाको पुरानो सालिक हटाएर नयाँ राखिएको हो। अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्णकदको नयाँ सालिक अनावरण गर्दै यसअघि राखिएको शालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि पूर्णकदको नयाँ शालिक राखिएको बताए।
बिएल संवाददाता - डडेल्धुरा