बुधबार, २६ नोभेम्बर २०२५

सितापाइला हत्या प्रकरण: श्रीमती र दुई छाेरीकाे हत्या गरेर श्रीमानले गरे आत्महत्या, जंगलमा शव फेला

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित बुधबार बिहान राजु घिमिरेले श्रीमती र दुई छाेरीकाे हत्या गरेर आफू आत्महत्या गरेकाे प्रहरीले बिएल नेपाली सेवालाई जानकारी दिए। प्रहरीका अनुसार श्रीमानले तीन जनाकाे शव घरभित्र र राजु घिमिरेकाे शव नजिकैकाे जंगलमा शव भेटिएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँको सितापाइलामा घरभित्र ३ जनाको शव फेला

काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित सितापाइलाकाे एक घरभित्र तीन जनाको शव फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आत्मदाहको प्रयास गरेकी मायाको मृत्यु, श्रीमान प्रहरीकाे नियन्त्रणमा

आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा

आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मर्स्याङ्दी गाउँपालिका-९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ। माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल

ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न काठमाडौँ महानगरको आग्रह

विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका

माटोका भाँडाकुँडा बनाएर  शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन्। भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन्। बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए। अहिले त्यही काम वीरपालले सम्हादै आएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

आजकाे माैसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बुढानीलकण्ठमा पहिलोपटक ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुँदै

नगरपालिकाकी उपप्रमुख तथा महोत्सव संयोजक अनिता लामालेनगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२ गते बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थापा नेपाली सेनाको रथीमा बढुवा

उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्थ्यानी चिह्न प्रदान गरेका हुन्। थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनसेल खरिद-बिक्रीबारे समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइने

सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मका लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेकाे छ भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानमा व्यापारी महिलालाई ज्यान मार्ने धम्की दिएको आरोपमा नेपाली युवा पक्राउ

जापानको शिजूओकामा ३८ वर्षीया व्यापारी महिलालाई ज्यान मार्ने धम्की र उनको परिवारमा क्षति पुर्याउन म्यासेन्जरबाट धम्की दिएको आरोपमा प्रहरीले २९ वर्षीय नेपाली युवा राजन दुलाललाई पक्राउ गरेको जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जापान

विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्छुः प्रधानमन्त्री

उनले भने, ‘यसपटक नीतिगत निर्णय र बजेट बिनियोजनको कमाण्ड लिएको छु, गोरखा मेरो उच्च प्राथामिकतामा छ। सबैले महसुस गर्नेगरी काम गर्ने मेरो योजना छ।’ उनले जनताका अपेक्षा धेरै भएको भन्दै गोरखाको विकासमा चाहेजति ध्यान दिन नसकेको पनि उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौतमबुद्ध साझेदारी वनको रुख कटानमा भ्रष्टाचार, राप्रपा सांसदसहित १९ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव, कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसहित १९जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ। जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

जान्दाजान्दै एनआरएनएले किनेको थियो ललिता निवासको सरकारी जग्गा

जग्गा खरिदका लागि सरकारी निकायले पनि एनआरएनएलाई सहयोग गरेको उनले बताए। ‘परराष्ट्र, भूमिसुधारले सहयोग गरेका थिए। करसमेत मिनाहा गरेका थिए। सबै प्रक्रिया पुर्याएइको थियो। जबरजस्ती किनेको भन्न मिल्दैन,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैठकमा केन्द्रीय सदस्यले मोबाइल चलाएपछि रिसाए ओली

‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु। किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि। अलिकति बैठकमा अनुशासन राखौँ न हो।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा सत्यता छैन: प्रधानमन्त्री

पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुबईबाट आएका एक भारतीय सुनसहित विमानस्थलबाट पक्राउ

फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई विशेष सूचनाको आधारमा  सोमबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको ३ वटा अर्धठोस वस्तु प्रहरीले फेला पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं