डिभीको नतिजा आउँदै
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदैछ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदैछ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैं
१९ वर्षीय किशाेरीले आफूलाई बलात्कार गरेकाे भन्दै दाेलखा घर भएका एमाले नेता ४५ वर्षीय विदुर शर्माविरुद्ध जाहेरी परेकाे प्रहरी वृत्त दरबारमार्गले जनाएकाे।
बिएल संवाददाता - काठमाडाैं
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइयो।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए।
बिएल संवाददाता - काठमाडाैं
आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन। ‘पिपुल्स प्लाजा’ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दैआएको छ। उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो। डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो। निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो। यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ।
बिएल संवाददाता - काठमाडाैँ
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन्। बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए। सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले बताए।
बिएल संवाददाता - भक्तपुर
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ। घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
बिएल संवाददाता - कञ्चनपुर
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ। यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए। उनले भने, ‘डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ।’
बिएल संवाददाता - काठमाडाैँ
मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा)ले शुक्रबार बताएको छ। गएको जाडो मौसम र यस वसन्त ऋतुमा गम्भीर चिसोका कारण मरेका सबै पशुधनमध्ये लगभग ८० प्रतिशतको शव नष्ट भएको छ। यस्तो खालको जाडोलाई ‘जुड’ भनिने नेमाले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
बिएल संवाददाता - उलानबाटोर
धरान उपमहानगरपालिका-१४ विजयपुरका बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्मदिनको अवसरमा एक करोड रुपैयाँ बराबरको जग्गा दान गरेका छन्। उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहेको ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई एक करोड रुपैयाँ बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन्।
बिएल संवाददाता - धरान
अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत भिक्टोरिया राज्य समितिको अधिबेसनले नयाँ नेतृत्व चयन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल आईएमई बैंकको काठमाडौस्थित कन्तिपथ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो। वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी आयोजना गरिएको कार्यक्रममा तीन सय भन्दा बढिको सहभागिता रहेको बैंकले जनाएको छ। बैंकले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा युवा–युवतीहरूको उपस्थिति रहेको थियो।
बिएल संवाददाता - काठमाडौँ
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्राच्युड नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन्। भारतका प्रधानन्यायाधीश डाचन्द्राच्युडसहितको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आइपुगेको हो। भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गरे।
बिएल संवाददाता - काठमाडाैँ
बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - मकवानपुर
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवं निर्णायक शक्तिको रूपमा स्थापित गराउन आवश्यक रहेको बताए।
बिएल संवाददाता - नवलपरासी
उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक भएकाे बताए। उनले भने, ‘मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ। यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ।’
बिएल संवाददाता - नवलपरासी
काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन्। थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .