मङ्गलबार, १३ जनवरी २०२६

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल

भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ। महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

पाँचथर अस्पताल: दरबन्दी र जनशक्तिबिनै स्तरोन्नति

पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्ने प्रक्रीया थालेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली

गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकल महिलाले सेवा सुविधा पाउनुपर्छ: राजिन रायमाझी

मानव अधिकारको लागि महिला एकल महिला समूह संस्थाले जिल्ला, नगर, प्रदेश तथा केन्द्रीय कार्यालय समितिद्वारा एकल महिला सुरक्षा कोष स्थानीयकरण तथा कार्यन्वयनको लागि ततका गाउँपालिका, नगरपालिका हुँदै केन्द्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने

सेवाग्राहीका यस्तै वा अन्य कुनै पनि प्रकारका समस्या, गुनासो भएमा सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यसअघि नै स्थापित सो हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगानी सम्मेलनको तयारी तीव्र पार्नुस्: अर्थमन्त्री महत

आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहसचिवकाे सरुवा: बालेनले ‘कारबाही’ गरेका अधिकारी मधेस आयोगमा, अरु काे कहाँ ?

काठमाडौं महानगरमा मेयर बालेन साहले ‘अघोषित’ कारबाही गरेका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) वसन्त अधिकारीलाई सरकारले मधेस आयोगमा खटाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी तीन विधेयक ल्याउँदै सरकार

नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको सहमति लिई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको छ भने अन्य दुई विधेयक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लमजुङमा आगलागीमा परेर एक जनाको मृत्यु

मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए। स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घरसमेत जलेर नष्ट भएको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

६ लाख स्मार्ट लाइसेन्स नेपाल आइसक्यो, ल्याब टेष्टको रिपोर्ट आएपछि मात्र वितरण गर्ने

प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ। बैंकको सबै प्रक्रिया पुर्याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ। उनले भने, ‘हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौँ र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया सुरु गर्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्मचारीले लगाए सिभिल अस्पतालका डाइरेक्टरको कार्यकक्षमा ताला

सिभिल अस्पतालका चिकित्सक–कर्मचारीले अस्पतालका कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएका छन्। आन्दोलित चिकित्सक–कर्मचारीले शुक्रबार अस्पतालका निर्देशक प्रा.डा.विधान निधि पौडेलको कार्यकक्षमा ताला लगाएका हुन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले ‘निमित्त’लाई आर्थिक अधिकार नदिँदा काठमाडौँ महानगर ‘ठप्पै’

बालेनले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई लिखितरुपमा कुनै ‘कारबाही’ वा स्पष्टीकरण सोधिएको पत्र भने दिएका छैनन्। तर गाडी खोसिएपछि त्यसैलाई आफूमाथि गरिएको कारबाही सम्झेर प्रमुख प्रशासकीय अधिकृत दुई सातादेखि कार्यालयमा उपस्थित भएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई करोड रूपैयाँसहित क्षेत्रपाटीबाट ३ जना पक्राउ, कारोबारी भएकाे आशंका

राजश्व अनुसन्धान विभागले गएराति नरेश अग्रवालसहित तीन जनालाई पक्राउ गरेको हो। गएराति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर नगदसहित उनीहरूलाई पक्राउ गरिएकाे विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी र भूकम्पले परिङालबासीकाे उठीवास, ८५ प्रतिशत जनसङ्ख्या भारतमा

गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ। ‘बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन्। वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो। भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

दार्चुलामा बस दुर्घटना, १५ जना घाइते

दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला