बिहिबार, २७ अगस्ट २०२६

बढ्याे पेट्राेलकाे मूल्य

निगमले पेट्राेलकाे मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा वृद्धि गरेकाे हाे। याेसँगै पेट्राेलकाे मूल्य १ सय ७५ रुपैयाँ पुगेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गुल्मीमा तीन वटा शव भेटिए

जिल्लाको सत्यवती गाउँपालिका– ६ का ४८ वर्षीय घनश्याम भण्डारी, मुसिकोट नगरपालिका– ४ आरुपाटाका २१ वर्षीय सन्दीप कुमाल र गुल्मीदरबार गाउँपालिका– २ घोरा उपल्लोखर्कका १२ वर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

काठमाडौँमा मृत भेटिइन् रेखा थापा

टोखा नगरपालिका- ३ साइबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धारिलाे हतियार प्रयाेग गरी हत्या गरिएकाे अवस्थामा नेपालगञ्जमा २० वर्षीय युवकको शव फेला

बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ। नेपालगञ्ज उपमहानगरपालिका– २१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

क्रुर बन्दैछ समाज: किन कोही कसैको हत्या गर्छ? 

अर्का समाजशास्त्री माधव गौतम पश्चिमा संस्कृतिको प्रभाव नेपालमा बढ्दै जाँदा यस्ता आपराधिक मानसिकता बढ्दै गएको बताउँछन्। ‘पश्चिमा संस्कृतको यहाँ प्रभाव बढ्दै गयो। पश्चिमा संस्कृतिको विकास हुँदा यहाँ नैतिक शिक्षा पतन भयो। आदर–सम्मान हराउँदै गयो,’ उनले भने, ‘कसैले कसैको आदर गरेन, सम्मान भएन भने समाजमा नैतिक स्खिलन बढ्दै गयो र आज समाज आपराधीकरण भइरहेको छ।’

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

राज्यका ठेकेदारको साम्प्रदायिक सोच र चरित्रका कारण शिक्षा क्षेत्रमा बेथिति बढ्याे: प्रभु साह 

एक मोटरसाइकलमा तीन जना बस्दा ट्राफिक प्रहरीले कारबाही गर्ने गरिएको उदाहरण दिँदै उनले एक कक्षाकोठामा दुई सय जना बढी विद्यार्थी कोचिएर पढनुपर्ने बाध्यता रहेकाले त्यसरी कोचिएर राख्नेलाई कारबाही गर्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीको निर्देशन- नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनुस्

बैठकमा प्रधानमन्त्रीले भने, 'राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली बिल विजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा जीप दुर्घटना हुँदा ९ जना घाइते

आइतबार पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जीप सल्लाघारीमा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार जीप सडकबाट २ सय ५० मिटर तल खसेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

ठेकेदार कम्पनीलाई यातायातमन्त्रीकाे निर्देशन- असार १५ गतेभित्र कमला पुल सम्पन्न हाेस्

‘धनुषा र सिरहाका जनताले यतिका दिन दुःख भोग्यो अब भोग्न दिन्न’, उनले भने, ‘करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्नुपर्यो।’ नेपाल सरकारले पनि निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्ने नीति लिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

नयाँ समीकरण फेरिएपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री

‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्’, अध्यक्ष प्रचण्ड भने, ‘अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार: मेडिकल व्यवसायी पण्डितसहित ६ जनाविरुद्ध मुद्दा

कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार आइतबार उनीहरूविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनिल र विकललाई २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

स्रोत नखुलेको १८ लाख रूपैयाँसहित नागढुङ्गाबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता -

डोल्पामा हावाहुरीले ढलेको रुखमा च्यापिएर एकको मृत्यु

मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - डोल्पा 

रूसमा श्रम स्वीकृति खोलिएकोबारे सांसदकाे प्रश्र- युद्धग्रस्त देशमा मर्नका पठाउने सरकारको चाहना हो?’

युक्रेनकाे सेनामा भर्ती भएका युवाहरू हामीलाई फर्काइदेउ भनेर दैनिक राेदन हामीले सुनेका छाैँ। यही अवस्थामा श्रम मन्त्रालयबाट राेजगारीका युवाहरूलाई जान छुट दिएका खबरहरू आएका छन्। सरकारले के गर्ने खाेजेकाे हाे? युवाहरू धेरै भएको हो त नेपालमा? उनीहरूलाई युद्धग्रस्त देशमा मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो?’, उनले प्रश्न गरिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शैक्षिकसत्रआगवै बाजुरा पुग्यो पाठ्यपुस्तक

जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पुर्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

कांग्रेसले भन्याे- गृहमन्त्रीबारे प्रधानमन्त्री र प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा भएको छ

‘नौतिकताको पनि प्रश्न हो। यस विषयमा सरकार गम्भीर हुन जरुरी छ। यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ’, उनले भने, ‘यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महालेखापरीक्षकमा तोयम राया सिफारिस

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायाकाे नाम सिफारिस गरेको हाे। हाल उनी केन्द्रीय तथ्यांक कार्यालयका सचिव हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं