बिहिबार, २७ अगस्ट २०२६

रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु

चितवनको इच्छाकामना- ६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

जातीय विभेद अन्त्यका लागि दाङका विद्यालयमा युवा सञ्जाल

विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तुल्सीपुर

आगालागीबाट सतारका २५ घर सखाप, पीडितकाे बिचल्ली

प्रहरीकाअनुसार जंगली मुर्मुको ग्वालीबाट सुरु भएको आगो एकैछिनमा सिंगो गाउँमा सल्किएको थियो। फुस्को छाना भएका, साना साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

पहिले मन्दिर परिसर निकै साँघुरो हुँदा भक्ताजनले सास्ती खेप्नुपरेको भन्दै अहिले चारैतिर फराकिलो र व्यवस्थित बनाएको उनको भनाइ छ। देशभरबाट भक्तजन आउने तर यहाँको सडक अव्यवस्थित हुँदा दुःख पाएकाले अहिले सडकलाई कच्ची भए पनि बाह्रै महिना सञ्चालन हुने बनाएको अध्यक्ष शर्माले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

घमाइलाे

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तनहुँ डढेलोको जोखिममा, सचेतनाका कार्यक्रम सञ्चालन

तनहुँ डढेलोको जोखिममा रहेपछि डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ। गर्मी मौसम सुरु भएसँगै जिल्लाका सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

दुई भाले गैँडाको आन्तरिक स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैंडाको आन्तरिक स्थानान्तरण गरिएको छ। पश्चिम क्षेत्रबाट शुक्रबार र आज गरी दुई गैँडा स्थानान्तरण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

स्टार हस्पिटल र ललितपुर प्रहरीबीच उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

ललितपुरको सानेपास्थित रहेको स्टार हस्पिटल र ललितपुर प्रहरीबीच अस्पतालमा स्वास्थ्य उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँमा दिउँसै चोरी, अर्घाखाँचीकी रुपाकाे डेराबाट हरायाे गरगहना र ३ लाख पैसा

डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका- ४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युराेपमा रहेका राजदूतहरुलाई भेटेर रेणुले भनिन्- भरतपुर भ्रमण वर्ष सफल पार्न सहयाेग गर्नुहाेस्

प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक

भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ– २ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘पार्लरमा काम गर्न दुबई पठाइदिन्छु’ भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन

बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका- १ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका- ५ टिकाथली बस्ने ५० वर्षीय गणेशबहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका– १ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जलेश्वर

दैनिक ११ घण्टा विद्युत कटौतीले विद्यार्थी मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्। एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत भार कटौतीले उनीहरु मारमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिमकोट

अबकाे तीन दशकमा क्रिश्चियनकाे संख्या दुई तिहाइ घट्ने, यहुदीभन्दा मुस्लिम बढी हुने

प्यू रिसर्च सेन्टरकाे प्रतिवदेनअनुसार संसारकाे धार्मिक प्राेफाइल द्रुत गतिमा परिवर्तन हुँदैछ, जसकारण अबकाे तीन दशकमा संसारमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु बराबर हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक प्रतिशत नेपालीले मेराे आत्मकथा किनिदिनु भयाे भने कृषि औजार कारखाना मज्जाले चल्छ- महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले एक प्रतिशत नेपालीले आफ्नाे आत्मकथा किनिदिए मात्र पनि वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न सकिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हल्का वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना

ताप्लेजुङको मैवाखोला गाउँपालिका– फाकुम्बामा नयाँ अस्थायी प्रहरी चौकी स्थापना भएको छ। गाउँपालिकाको वडा नं ५ र ६ का समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

विवेकशील साझा पार्टीका अध्यक्षसहित नौजना प्रहरी नियन्त्रणमा

माइतीघरमण्डल र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ