आइतबार, १२ अप्रिल २०२६

प्रहरी समायोजनका लागि अगुवाइ गर्दै बागमती प्रदेश सरकार

जनताको बलिदानी सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीसहितको नेपालको संविधानको कार्यान्वयनका क्रममा दुईपटकका आवधिक निर्वाचन सम्पन्न भए पनि हालसम्म सङ्घीयताअनुकूलका सबै कानुन र संरचनाले पूर्णता पाउन सकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनवरीमा भित्रिए ७९ हजारभन्दा बढी पर्यटक, कुन देशबाट कति आए?

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन्। जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँसबारी छाला-जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बिहीबार उनलाई बत्तीसपुतलीबाट पक्राउ गरेकाे हाे। उनीमाथि पनि छालाजुत्ता कारखानाको करिब १० रोपनी सरकारी जग्गा गैरकानुनी तरिकाले हडप्नेमा चौधरी परिवारलाई साथ दिएकाे आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्षम भयौँ डा‍‍. भण्डारी

नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ। प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेश पठाइदिने भन्दै ६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ ठगी, बालाजुका कन्सल्टेन्सी सञ्चालक पक्राउ

बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद विनोद चौधरीका भाइ अरुण पक्राउ

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा ‘भाइ चौधरी’लाई पक्राउ गरिएको सिआइबीका अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमती हत्याको अभियोगमा राई पक्राउ

गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर र वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त

बैठकले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक सदस्य विक्रम राईलाई नियुक्त तथा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँका डा साहरा श्रेष्ठलाई मनोनयन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ढोरपाटनमा हिमपात

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो। बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिए। हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आफ्नै घरमा युवती मृत फेला: सासु पक्राउ, पति र ससुरा फरार

मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन्। जसले घटना शंकास्पद देखिएको हो। मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति गर्न ८ करोड विनियोजन

उनले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकाले कानुनी प्रक्रिया यथासक्दो चाँडो पूरा गरी काम सुरु गर्न आग्रह गरे। उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्र गरिने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारबाहीमा

मापसेबाट गरिएको कारबाहीबाट कूल रु तीन करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ। रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो। बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणकाे पर्खाइमा

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ।  अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो। लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा   सो यन्त्र जडान गरिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

बल्ल पर्‍यो हिउँ

'हिउँ आयो माघ, बुढाबुढी भाग' प्रस्तुत भनाइले बुढाबुढीलाई भाग भनेको छ। माघमा हिउँ पर्दा अत्यधिक चिसो हुन्छ। चिसोमा बुढाबुढीलाई कठिन हुने हुँदा या त न्यानो गर, नभए बुढाबुढी तराई झर भन्न खोजेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पाँचौं दमक महोत्सव माघ २८ देखि

बुधबार दमकमा पत्रकार सम्मेलन गरी महोत्सव महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको संघका अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

१० किलो गाँजासहित पक्राउ

मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बारा