कस्ताे छ आजकाे माैसम ?
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ।
बिएल संवाददाता - काठमाडाैँ