त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन
विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ। चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौं