चिचर र घोगी घरबासका पहिचान
नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ। 'हाम्रो घरबासमा आउने पाहुना आफैँले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो चिचर पकाउने गरेका छौँ', अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भने, 'थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेका छन्।'
बिएल संवाददाता - त्रिवेणी