बसन्त कुमार उपाध्याय
प्रभानमन्त्रीको अग्लो आकांक्षा बोकर यतिबेला नेपाली काँग्रेसका सभापति गगनकुमार थापा समथर मधेस झरेका छन्।
यो चुनावमा समुन्द्री सतहबाट दोस्रो सबै भन्दा कम ६० मिटरको उचाईमा रहेको सर्लाहीले उनको सिंहदरवार सम्मको गगनचुम्वी राजनीतिक भविष्यको उचाईं निर्धारण गर्नेछ।
सर्लाही जिल्लाको क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका थापालाई राजनीतिको चुरेले घेरेको छ। त्यति मात्रै होइन आफ्नै दल भित्र चुलिएका चुनौती अनि विवादका अदालती भावरमा पनि छन् उनी। जसरी चुरे पर्वत र भावर क्षेत्रले सर्लाही घेरेको छ। राजनीतिको समथर ठाउँ काठमाडौंमा हुर्किएका काँग्रेस सभापति थापाको शारिरिक कदको उचाईं मधेसको समथरमा एकपटक निथ्रुक्क नापिने भएको छ।
वागमतीको पानीमा भिजेका काँग्रेस सभापति थापालाई सिमान्त सर्लाहीका यी देहातहरूमा के छ भनेर बुझ्नुपर्ने अवस्था छ अनि भारतसँगको सिमाका समस्या समेत निफन्नुपर्ने अवस्था हो।
काँग्रेस सभापति थापालाई सर्लाहीको समुन्द्री सतहको कम उचाईको ६ सय ५९ मिटरबाट काठमाडौं स्थित सिंहदरवारको कमसेकम १२ सय ६२ मिटरको उचाईमा पुग्नु छ । त्यति मात्रै होईन काठमाडौंको कठ्याग्रिंने चिसोबाट सभापति थापाले भारतको विहार छुने ४२ डिग्री सेन्टिग्रेटको सर्लाहीको राप र तापलाई सहनु पर्नेछ।
सर्लाही पुगेका थापाले मसुरो चिन्नु पर्नेछ, अब मसुरोका झार टिप्दै गरेका किसान मतदाता भेट्दा।
काँग्रेसको आत्मा मधेस हो भनेर उनी मधेस झरेका छन्। त्यतिले मात्रै पुग्ने छैन केत बविया र बाजिका (ठेटी) जातीका मतदाता पनि पैल्याउनुपर्नेछ। काठमाडौं ४ मा बुझ्नु नपरेको हिन्दु र मुस्लिम मतदातालाई समेट्नुपर्ने बेला पनि आउला। अनि थोरबहुत किराँत मतदाता पनि पर्घेल्नुपर्ने होला।
धनकौल, रामनगरमा हुँइकिंदा मधेसका मतदाताले उखु,कटहर र मेवा के मन पराउँछन बुझ्नुपर्ने गरि विश्राम लिनुपर्ला। विष्णुपपुर, बलरा, बरहथवा बसबसरियामा घरदैलो गर्दा स्वतन्त्र उम्मेद्वार अमरेस सिंह सँगका प्रतिष्पर्धि आफ्ना अघिल्ला उम्मेद्वार नगेन्द्र कुमारबीचको २.५४ प्रतिशतको फासला मेटाउने चुनौति त छँदैछ। त्यो पनि गठबन्धन वेगर नै।
विशेष महाधिवेशनको उत्साह र जिम्मेवारी अनि चुनौतीका गह्रौं भारी बोकेर मधेस झरेका काँग्रेस सभापति थापालाई आन्तरिक पार्टीका खुद्रा समस्या पनि व्यवस्थापन गर्नैपर्ने हुन्छ।
एक दशकअघि पश्चिमको मधेस नेपालगन्ज पुग्दा मैले उतिबेलाका काँग्रेसका उम्दा युवा नेता हाल सभापति थापालाई सोधेको थिएँ, ‘तँपाईले मधेसका समस्यालाई कसरी बुझ्नुभएको छ? मेरो त्यो प्रश्नको जवाफमा थापाले भनेका थिए ‘म बुझ्ने कोशिसमा छु। तर त्यसका लागि मधेसमा चुनाव लड्ने साथीहरूले नै राम्रो सँग बुझ्नुहुन्छ। मेरो इच्छा छ भविष्यमा मधेसबाट चुनाव लड्ने।’
काँग्रेस भित्र महाभिवेशनको चटारो सुरु हुँदै गर्दा ‘समुदायमा काँग्रेस’ र ‘संवाद यात्रा’ मार्फत थापाले आफूलाई मधेस केन्द्रित गरिसिकेका थिए।
सायद, वि.सं. २०८० साल माघ १६ देखि सुरु भएको ‘समुदायमा काँग्रेस’ अभियान थाल्दै गर्दा महामन्त्री रहेका थापाले माघ १३ गते देखि मेची पुलबाट ‘संवाद यात्रा’ थालनी गरेका थिए।
यति लेख्दा गर्दा मलाई थापाले वि.सं.२०८० चैत्र १७ गते बोलेको प्रसंग सम्झन मन लाग्यो। उनको भाषणको सार विषय थियो ‘चुनाव हारिन्छ कि भनेर विचार नमिल्नेसँग गठबन्धन गरिनु पार्टीले गरेको सबै भन्दा ठूलो गल्ती हो।’
त्यसलाई थपा सभापति भइसकेपछि बदलेका पनि छन्। देशका १ सय ६५ क्षेत्रमा नै काँग्रेस एक्लै चुनाव लड्ने अवस्थासम्म ल्याएर।
सभापति थापाले काँग्रेसका अघिल्ला र संस्थापक नेताहरुले मधेसबाटै काँग्रेसलाई स्थापित गरेको र आफूहरू समेत मधेसमै चुनाव लडेको मतदाता र कार्यकर्तालाई बेलाबखत स्मरण समेत गराईरहेका छन्।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका सभापति थापाको मधेस रोजाईले उनलाई सत्तारोहण गराउँछ वा त्यसमाथि तत्काललाई विराम लगाउँछ मतपरिणाम पर्खर्नै पर्नेहुन्छ।
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया