बिएल संवाददाता
बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले क्लीन स्वीप गरेको छ।
रास्वपाले कांग्रेस–एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको हो। शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद रास्वपाले जितेको हो।
बुटवल उपमहानगरपालिका–१४, १५ र १९ वडाका १७ सय उपभोक्तामा १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १७१ मतदाताले समिति पदाधिकारी चुनेका थिए।
अध्यक्षमा रास्वपाका कृष्ण थापाले ८८ मत पाएर निर्वाचित हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत पाएको निर्वाचन समिति संयोजक अधिवक्ता जोखबहादुर खत्रीले बताए। मल्ल कांग्रेसको १४ नम्बर वडा सभापतिसमेत हुन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित भएका छन्।
यस्तै महिला सदस्यहरूमा राधा कार्की खांण र सीता बस्नेत, अन्य सदस्यहरूमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी भए भने लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट निर्वाचित भए।
यस्तै आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे तथा सदस्यमा लक्ष्मण सेन निर्वाचित भए भने महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट निर्वाचित भएकी छन्।
सबै दल मिलेर सहमतिमा नेतृत्व चयनको प्रस्ताव राख्दा आफूहरूलाई १० मत पनि नभएको दल भनेर होच्याएपछि चुनाव उत्रिएको सचिवमा निर्वाचित रास्वपाका मधुप्रसाद घिमिरेले बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया