बिएल संवाददाता
नेकपा एमालेका सचिव लेखराज भट्टले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन्।
एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बोधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले मुलुकको राष्ट्रियता, सार्वभौगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेको बताएका हुन्।
‘एमाले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार छ। एउटा हिन्दी फिल्ममा छ, टाइगर अभि जिन्दा हे। एमाले अझै जिउँदो छ। राष्ट्रियताका निमित्त, सार्वभौगिकताका निमित्त, अखण्डताका निमित्त फेरि पनि बलिदान गर्न तयार छ। तयार हुनु पनि पर्छ। देशलाई बचाउनुपर्छ। तब मात्र विकास र समृद्धि आउँछ।’
भट्टले एमालेले संविधानलाई जिउँदो बनाउनका निमित्त विघटित प्रतिनिधि सभा पुन: स्थापना माग गरिरहेको दाबी गरे। उनले नेपाली जनताले ठूलो बलिदानबाट बनाएको संविधान कुनै गजेडी, नसेडीले ‘फाल्ने कि राख्ने’ भनिरहेको भन्दै आक्रोश व्यक्त गरे।
‘यो संविधान राख्ने कि फाल्ने म अकर्मण्यतामा छु। निर्णय गर्न सकेको छैन्। एउटा ड्रगिस्ट गजेडीले जनताले बनाएको संविधान मैले के गर्ने भन्छ?,’ उनले भने, ‘यो संविधानलाई के गर्ने भन्ने अधिकार नेपाली जनतालाई मात्र छ। संशोधन गर्ने कि फाल्ने? यो अधिकार कुनै नसेडीलाई होइन। जनतालाई छ।’
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया