बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहेकाहरूले भन्ने गरेको सुशासन नै केपी र रमेश लेखकलाई पक्राउ गर्नु रहेको दाबी गरेका छन्।
आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफल गर्दै ओलीले सरकारमा रहेकाहरूले नै जेन-जीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको बताए।
ओलीले भने, ‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ। त्यसका निम्ति जेनजीहरूलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेन-जीको डेलिगेसन बोलाउने, सञ्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ। मलाई थाहा छ त्यो जेन-जीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो? सबै थाहा छ। बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ।’
ओलीले आफू सत्य कुरा गर्ने र जीवनभर लडिरहने भन्दै कसैले यसलाई दम्भ भने पनि यो घट्नेवाला नरहेको स्पष्ट पारे।
‘कसैले यसलाई दम्भ भन्छ भने यो घट्नेवाला छैन, देश बनाउने उद्धेश्यमा कमी आउने छैन।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया