बिएल संवाददाता
जेनजी आन्दोलनपछि कार्यवाहक तोकेर उपचारका लागि सिंगापुर उडेका कांग्रेस सभापति शेरबहादुर देउवा फर्किएलगत्तै फेरि सक्रिय भएका छन्।
भदौ २४ गते सांघातिक आक्रमण भएपछि अब सक्रिय राजनीतिमा नफर्किने उद्घोष गर्दै देउवाले विधानले तोकेको मितिमै १५औं महाधिवेशन गर्ने जिम्मेवारीसहित पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मा दिएका थिए।
असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा देउवाले खड्कालाई कावा तोकेर महाधिवेशनको टुंगो लगाउन जिम्मेवारी दिएका थिए। १ महिना पुगिसक्दासम्म महाधिवेशनबारे टुंगो लाग्न सकेको छैन। केन्द्रीय समिति बैठक अझै पनि जारी छ।
कावा सभापतिले सहमति गर्न नसकेपछि देउवाले शनिबार निवासमै बोलाएर हपारेका छन्। शनिबारबाट छलफलमा सक्रिय भएका देउवाले खडकालाई बोलाएर जिम्मेवारी पूरा गर्न नसकेको भन्दै जतिसक्दो छिटो सहमतिमा टुंग्याउन छलफललाई तिव्रता दिन निर्देशन दिएका छन्।
स्रोतका अनुसार देउवाले महाधिवेशनकै किचलोले कांग्रेसमा विग्रहको संकेत देखिएको भन्दै बहुमतको कदर गर्न र मिलेर जान निर्देशन दिएका हुन्।
‘सक्ने भए आफैं छिटो गर्नु, नसके म फेरि सक्रिय हुन्छु’ भन्दै चेतावनी दिएका देउवानिकट स्रोतले भन्यो।
संस्थापनपक्षीय ६ भाइ मानिने नेताहरू भने सभापतिसँग भेट्न डराएका छन्। सभापतिमा आफ्नो समूहका उम्मेद्वारलाई समर्थन गर्नुपर्ने भन्दै देउवासँग लबिङ गरिरहेका नेताहरू कावा सभापतिलाई देउवाले हप्किदप्की गरेपछि त्रसित बनेका हुन्।
कावा सभापतिसँग भेटेलगत्तै देउवाले शनिबार नै प्रवक्ता डा. प्रकाशशरण महतसँग छुट्टै भेट गरेका छन्। उनलाई पनि देउवाले सहमतिमै महाधिवेशनको मिति टुंगो लगाउन सहजीकरण गर्न भनेका छन्।
त्यस लगत्तै देउवा पक्षकै अन्य नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीले भेट गरेका छन्।
संस्थापन पक्षका नेताहरू फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा रहँदा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइराला पक्ष कुनै पनि हालतमा निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। वर्तमान नेतृत्वलाई नै बोकेर चुनावमा जान नसकिने संस्थापन इतरको अडान छ।
देउवाले फेरि सक्रिय हुने संकेत गरेपछि पूर्णबहादुरले फेरि देउवालाई सक्रिय बनाउन लागेको भन्दै गगन पक्ष असन्तुष्ट बनेको छ। इतर पक्षले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया