बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बस्नेतले देशको हरेक चरणमा नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको जनताले स्मरण हुन थालेको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेशस्तरीय युवा जागरण भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले बनाइदिएको क्रिकेट रंगशाला, सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रस्तुत गर्ने कुलमान घिसिङले हिजो उद्घाटन गरेकोमा क्रिकेट संघका अध्यक्षदेखि पारस खड्कासम्मले व्यङगात्मक वक्तव्य दिएको भन्दै हरेक स्टेपमा एमाले र ओलीको याद आउन थालेको दाबी गरका हुन्।
उनले भने, ‘केपी ओलीले पहिलो निर्णय नै क्रिकेट मौदानको विकासलाई तिब्र रुपमा अगाडि बढाउने थियो। ढिलागरी भएपनि काम भयो। केपी ओलीले बनाइदिएको क्रिकेट रंगशाला र सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रस्तुत गर्ने कुलमान घिसिङले हिजो जुंगा मुसार्दै उद्घाटन गरे। क्रिकेट संघका अध्यक्षदेखि पारस खड्कासम्मले उद्घाटनलाई व्यङगात्मक ढंगले वक्तव्य दिनुभयो। त्यसैले हरेक स्टेपमा एमाले र केपी ओलीको पटक–पटक याद आउँदै छ।’
त्यस्तै उनले जेनजी आन्दोलन, आन्दोलन नभएर विदेशीबाट सञ्चालित मुलुकप्रतिको आक्रमण भएको बताए। सुदन गुरुङको हामी नेपाल फाउन्डेसन जस्ता संस्थामार्फत आक्रमणको लागि ५०–६० अर्ब लगानी गरिएको उनको आरोप छ।
बालेन साह र सुधन गुरुङलाई विदेशीले खडा गरेको एजेण्डहरू भन्दै उनले आरोप लगाए।
‘जेनजी पुस्तालाई उचालेर नेपालमा विद्रोह गराइयो। आन्दोलन भनिन्छ त्यो पनि आन्दोलन थिएन। त्यो मुलुकप्रति आक्रमण थियो। त्यो आक्रमणमा विदेशी शक्तिहरुले धेरै लगानी गरेको पनि थिएन। हामी नेपाल जस्ता संस्थामार्फत ५०–६० अर्ब लगानी गरेका थिए होला। बालेन र सुधन जस्ता विदेशी एजेण्डहरू यहाँ खडा गरिएको थियो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया