बिएल संवाददाता
निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नख्खु कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
लामिछानेले भेटेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले तत्कालीन सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको दाबी गर्दै उनले अदालतबाट चाँडै न्याय पाउने विश्वास व्यक्त गरे।
अमरेशले रविसँग भेट्दा रास्वपा उपसभापति स्वणिम वाग्ले पनि सँगै थिए।
‘तीन जनाबिच देशको राजनीतिक अवस्था, जेनजी आन्दोलन, जनतामा देखिएको निराशालगायतको विषयमा छलफल भयो। हामी जनतामा जानुपर्छ भन्नेमा हामी सहमत छौं। जनतामा परिवर्तनको चाहना छ,’ सिंहले भने।
अमरेशले थपे, ‘नेपालको न्यायालयप्रति विश्वास छ, चाँडै न्याय उहाँले पाउनुहुनेछ। चुनावअघि नै निस्किनुहुन्छ भन्ने आशा छ।’
आफ्नो रास्वपासँग सहकार्यको सम्भावनाबारे पनि रविसँग छलफल भएको र आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुनसक्ने संकेत पनि गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया