मङ्गलबार, १८ नोभेम्बर २०२५

रास्वपाबाट चुनाव लड्ने अमरेशको संकेत, रवि भेट्न स्वर्णिमसँगै नख्खु पुगे

News Image
• • •

निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नख्खु कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्।

लामिछानेले भेटेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले तत्कालीन सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको दाबी गर्दै उनले अदालतबाट चाँडै न्याय पाउने विश्वास व्यक्त गरे।

अमरेशले रविसँग भेट्दा रास्वपा उपसभापति स्वणिम वाग्ले पनि सँगै थिए।

‘तीन जनाबिच देशको राजनीतिक अवस्था, जेनजी आन्दोलन, जनतामा देखिएको निराशालगायतको विषयमा छलफल भयो। हामी जनतामा जानुपर्छ भन्नेमा हामी सहमत छौं। जनतामा परिवर्तनको चाहना छ,’ सिंहले भने।

अमरेशले थपे, ‘नेपालको न्यायालयप्रति विश्वास छ, चाँडै न्याय उहाँले पाउनुहुनेछ। चुनावअघि नै निस्किनुहुन्छ भन्ने आशा छ।’

आफ्नो रास्वपासँग सहकार्यको सम्भावनाबारे पनि रविसँग छलफल भएको र आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुनसक्ने संकेत पनि गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!