बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ।
मंगलबार आयोगले विज्ञप्तिमार्फत ‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन’ सरकारलाई निर्देशन दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ। साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ।’
प्रसाईंलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा आयोगले अनुगमन समेत गरेको छ। आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पुगी प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी लिएको हो।
प्रसाईंलाई सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया