बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ‘ओलीले लिनुपर्छ’ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन्।
मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा ‘मैले बनाए?’ भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरू आएको भन्दै आपत्ति जनाएका हुन्।
उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन, जिम्मा लिनुपर्छ भनेका छन्। हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन्। यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो। हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो। जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के? परिस्थिति त्यस्तो बन्यो त्यहाँ भनेर प्रहरीले भनिराखेको छ।’
त्यस्तै, उनले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भएको भन्दै अहिलेको सरकार त्यही षडयन्त्रबाट आएको ‘सो कल्ड’ सरकार भन्दै व्यङग्य गरे।
अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गर्दै आन्दोलन शान्तिपूर्ण, संविधान र लोकतन्त्रको पक्षमा हुने जानकारी दिए।
आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रष्ट पार्दै ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया