बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरा घटनापछि विमानस्थल नै बन्द गरेर नेताहरूलाई कार्यक्रममा जान नदिएको भन्दै आक्रोश पोखेका छन्।
बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले अब एमालेमाथि प्रहार गर्न खोजे एमाले पछि नहट्ने उद्घोष गर्दै प्रतिवाद गर्ने चेतावनी दिए।
उनले भने, ‘एयरपोर्टमै तोडफोड गर्न दिइयो, ५०/६० जना मान्छे आएर ढुंगामुडा गरेर एयरपोर्ट नै बन्द गराइदिने, के हो यस्तो? जति बेला चाह्यो जेनजी भन्यो विमानस्थल बन्छ, सभा गर्न नदिनेले चुनावमा कसो गर्छ?’
बुधबार बारामा एमालेको जनसभामा जान लागेका नेताहरू महेश बस्नेत र महाहसचिव शंकर पोखरेल लगायतलाई रोक्न जेनजी युवाहरूले विमानस्थलमा प्रदर्शन गरेका थिए।
एमाले कार्यकर्ता र जेनजीबीच झडपको स्थिति बनेपछि प्रशासन कार्यालयले राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया