बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) संकटमा परिसकेको भनेका छन्।
बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले लाई आफ्ना साथीहरूले घेरा हालिसकेको भन्दै व्यंग्य गरे।
‘एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्डले अब देख्छन्। एक ढंगले भन्ने हो भने म खुसी छु। दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरै साथी हुन्। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्।’
उनले थपे, ‘मेरा साथीले त प्रचण्डलाई घेरिसके। माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके।’
उनको संकेत माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, बामदेव गौतमजस्ता नेताहरूतर्फ थियो।
‘अब नेकपा माओवादी भनेको विप्लवजीहरूको मात्र हो। प्रचण्डहरू अब माओवादी होइनन्,’ उनले भने।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया