बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गर्दै कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने बताएका छन्।
बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले फोनमार्फत ‘राजीनामा गर’ भन्दै धम्की आउने गरेको, घरमा आगजनी गराउने चेतावनी समेत आउने गरेका भन्दै त्यस्ता व्यक्ति अराजक र अपराधिक काम गर्ने मान्छे भएको जिकिर गरे। ओलीले त्यस्ता अपराधी र राक्षस प्रवृत्तिको अन्त्यका लागि बोल्नका लागि नेता कार्यकर्तालाई निर्देशन समेत दिए।
‘हामी अब देशलाई, नेकपा एमाले छ नि। अरु कोही बोल्छ कि बोल्दैन, छाडिदिउँ। तर हामी छौं नि। हामीले आफू संगठित हुनुपर्यो। सत्यको पक्षमा दृढताका साथ बोल्ने, उभिनु पर्यो। अब कुनै जेनजी आगो लगाउन आउने छैन। आगो लगाउन आयो भने राम्रै सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउँछौं,’ ओलीले भने।
उनले थपे, ‘फोनबाट समेत राजीनामा गर, तेरो घरमा आगो लगाउँछु भन्दैछ। कोही डेरामा बस्दैछ भने घरबेटीलाई फोन गरेर त्यो मान्छे निकाल नत्र आगो लगाइदिन्छु भन्दैछ। त्यो कुनै मान्छे हो? त्यो अपराधी हो। राक्षस हो। उसको मानसिकता नै भाडामा अपराधिक काम गर्ने मान्छे हो। यो राक्षस प्रवृत्ति नै हो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया