बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेसदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरूलाई पार्टीमा प्रवेश गराएको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा १५ जनालाई प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।
देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै उनले त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए।
उनले भने, ‘आज सुदूरपश्चिम, मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरु आउनु भएको छ। हामीले पार्टीका कार्यक्रमहरूमा भन्ने गरेका छौं यो देशको अनुहार जस्तो छ हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर। यो समावेशिताको मर्मलाई अपनाएर अगाडि बढिरहेको पार्टी हो यसमा हामीले धेरै काम गर्न बाँकी नै छ। हाम्रो नियत, प्रयास सहि दिशामा छ जस्तो लागेको छ र आज त्यसैको सानो झलक देखिएको छ।’
यस्तै, उनले सबै ठाँउको प्रतिनिधित्व हुने गरेर १५ जनाले पार्टी प्रवेश गरेको पनि जानकारी दिएका छन्।
फागुन २१ को निर्वाचनमा चौथो नम्बरबाट पहिलो पार्टी बन्ने उद्घोषका साथ अगाडि बढेको पनि उनको भनाई छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया