बिएल संवाददाता
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको बताए।
‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ,’ महामन्त्रीले बैठकमा भने।
योसँगै कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने भएको छ।
‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ।’ महामन्त्री थापाले भने।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया