बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी निर्वाचनमा होमिएकाले अब विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन निर्विकल्प भएको बताएका छन्।
केन्द्रीय समितिको बैठक सकिए लगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गर्दा पास नभएकाले अब विषेश महाधिवेशनको विकल्प नभएको उनले जिकिर गरे।
महामन्त्री थापाले भने, ‘आज हामीले चुनावमा जाने निर्णय गरेका छौं। चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ त्यो दिन कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्दछ।’
महामन्त्री थापाले यस अघि केन्द्रीय समितिमा बोल्ने क्रममा नियमित महाधिवेशनका लागि नेताहरु तयार नहुने हो भने मंसिरको २७ मा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए।
महामन्त्री थापाले ‘विशेष महाधिवेशन गर्दिनँ’ भन्ने अधिकार केन्द्रीय समितिलाई नहुने दाबी गरे।
‘त्यो विधानको धाराको अर्कै व्यवस्था हो। कि पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ। कसैले कार्यतालिका खोजेको होइन। महाधिवेशन खोजेको हो। यो दुईटा भन्दा अरु कुनै ठाउँ हामीलाई छैन।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया