बिएल संवाददाता
मोरङको विराटनगरमा नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास गरेपछि एमाले नेतृ रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छन्।
आइतबार बिहान युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन विराटनगरबाट इटहरीतर्फ जाने क्रममा जेनजी युवाहरूले उनी सवार गाडीमा रातो मसी छ्यापेका थिए।
घटनापछि झाँक्रीले बस्नेतमाथि भएको आक्रमणको समाचार सुनेर दुःख लागेको प्रतिक्रिया दिएकी छन्।
उनले समाजिक सञ्जालमार्फत भनेकी छन्, ‘महाभारतमा पाण्डवले युद्द जिते, कौरवहरूले हारे, कारणःपाण्डवहरूको अभूतपूर्व एकता हो। आज विराटनगरमा क. महेश बस्नेत माथि आक्रमण प्रयास भएछ। यो खबर सुनेर अत्यन्तै दुःख लाग्यो। सरकारले यस्ता पात्रलाई समातेर कारबाही गरोस। यस्ता अपराधिक मानसिकताका एकाध ब्यक्तिले जहिले पनि यस्तो कार्य गर्ने प्रयास गर्छन। हामी सचेत बन्नुपर्छ, पार्टीपंक्ति एउटै मिसनमा लागौं।’
बस्नेतमाथि आक्रमण गरेन दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम रहेका छन्।
उनीहरूलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया