बिएल संवाददाता
बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको छ।
सोमबार बिहान ४ बजे सम्पन्न मतगणनामा ११ सदस्यीय नयाँ कार्यसमितिका सम्पूर्ण पदमा रास्वपाले क्लीनस्वीप गरेको हो।
तीन दशकसम्म एमालेको पकडमा रहेको खानेपानी समितिमा पहिलोपटक एमाले शून्य बनेको हो।
मतपरिणामअनुसार अध्यक्षमा युवराज न्यौपाने, उपाध्यक्षमा हरिप्रसाद सिम्खडा, सचिवमा अमृत बस्याल, सहसचिवमा कृष्णकुमार रिमाल, कोषाध्यक्षमा रामकुमार अर्याल, महिला सदस्यहरूमा दिलुमाया तमाङ, सुष्मा पण्डित र खुला सदस्यहरूमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ, जागेश्वर पौडेल सूर्यसिंह क्षेत्री विजयी भए।
खानेपानी ५ हजार ५ साय उपभोक्ता रहेको खानेपानी समितिमा रास्वपासहित एमाले, कांग्रेस, माओवादीलगायत दलहरूले उम्मेद्वार उतारेका थिए।
३० वर्ष पकड बनाएको समितिमा सदस्यबिहिन भएपछि एमाले सिमराका एक नेता एमाले केन्द्रीय नेतृत्वलाई हारको कारक मान्छन्।
भन्छन्, ‘केन्द्रको गुण्डागर्दी शैलीले स्थानीय तहमा हामीजस्ता स्थानीय नेताहरूलाई समस्या परिरहेको छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया