बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौं जिल्ला सभापतिबाट राजीनामा दिएका प्रदीप विष्टले राजीनामा फिर्ता दिएका छन्।
यसअघि काम गर्ने फुर्सद नभएको कारण देखाउँदै सभापति पद छोडेका थिए। सभापति पद छोडे पनि पार्टी भने नछोडेको बताएका थिए।
बागमती प्रदेश समितिमा राजीनामा बुझाएका विष्टले सोमबार राजीनामा फिर्ता लिएको रास्वापाले जनाएको छ।
राजीनामा दिनुअघि उनले जिल्ला कार्यसमितिको बैठक समेत डाकेका थिए। धेरै सोचविचार गरेर राजीनामा दिएको भन्दै उनले नेताहरूले राजीनामा नदिन गरेको आग्रह अस्वीकार गरेका थिए।
विष्ट गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं-१० बाट उम्मेदवारसमेत बनेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया