बिएल संवाददाता
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको नेकपा एमाले अन्ततः निर्वाचनको लागि तयार भएको छ।
एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न आज दिउँसो निर्वाचन आयोग जाने भएको हो। एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने बताए।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि एमालेले संसद पुनर्स्थापनाको माग राख्दै प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन।
प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि मंसिर १० गतेसम्मको समयसीमा रहेकाले एमाले निर्वाचनका लागि दल दर्ता गर्नैपर्ने दबाबमा थियो।
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सोमबारसम्म ६४ दल दर्ता भइसकेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया