बिएल संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरूले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन्।
बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरू विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन्।
उनले भने, ‘हामीले केही हुँदै छ,भन्ने आशा जगाउने काम गर्नुपर्ने छ। सुशासनको प्रत्याभूति पनि दिनु पर्ने छ। सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ। यो जेनजी आन्दोलन त्यत्तिकै भएको थिएन। लामो समयको निराशा,आक्रोसको बिस्फोटन थियो। किन यो जन्मियो त भनेर खोज्ने हो भने देशमा राजनीति र सिस्टममा परिवर्तन धेरै देख्यौं। तर, त्यसपछिको विकासको एजेण्डामा नेतृत्व दिन हरेक पटक असफल हुँदै गयो। विगतका राजनीतिक नेतृत्वहरु धेरै सफल हुनुभयो तर, सफल विकासको सन्दर्भमा सफल नेतृत्वकर्ता हुन सक्नुभएन।’
त्यस्तै मन्त्री घिसिङले ठूलो चुनौतीको बीचमा आफूले मन्त्रीको भूमिका निभाएको स्मरण गरे। देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई सेफ ल्यान्डिङमा लानुपर्छ भन्ने लागेर आफूले मन्त्रिको जिम्मेवारी लिन तयार भएको उनी सुनाउँछन्।
‘ठूलो चुनौतीको बीचमा मैले एउटा मन्त्रीको भूमिका निभाएर आएको हुँ। जिम्मेवारी लिनुपर्यो भन्दापनि पछाडी हट्ने अवस्था मैले पनि अनुभूति गरेको थिएँ। मैले एउटा देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई एउटा सेफ ल्यान्डिङमा लानुपर्छ, निकास दिनुपर्छ भनेर यो सरकारमा मन्त्रीको जिम्मेवारी लिएको हुँ।’
पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको बताउँदै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारले त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने धारणा राखे।
उनले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भएको भन्दै तोकिएको समयमै निर्वाचन हुने दावी गरे।
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया