बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन्।
२६ जनाको सचिवालय बनाएर काम गरेकी कार्कीले अब ६ जनाको मात्रै सचिवालय बनाउने गरी कटौती गरेकी हुन्।
जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) मात्र कायम राखिने भएको छ।
बाँकी सबै पदको नियुक्ति भोलिबाट लागू हुनेगरी खारेज गरेको बालुवाटार स्रोतले बतायो।
सचिवालयमा प्रमुख स्वकीय सचिवका नातेदार नियुक्त गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो। जेनजी अगुवाहरूले समेत दबाब बढाएपछि प्रधानमन्त्रीले सचिवालय खुम्च्याउने निर्णय गरेकी हुन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया