बिएल संवाददाता
जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीहरूको कुरा सुन्न नचाहेको गुनासो गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरूले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए।
उनले भने, ‘देशको अवस्था स्थिर होस र देशमा सुशासन होस भन्ने कुराको माग गरेको देशको प्रधानमन्त्री सुशिला कार्कीज्यूले हाम्रो कुरा सुन्नै चाहनु भएन, उहाँलाई चुनाव नै अनिवार्य हो जस्तो लागेको छ तर त्यो होइन। हाम्रो कुरा भनेको अर्थपूर्ण चुनाव तब हुन्छ जब हाम्रो मागहरू संविधान संशोधन गरेर पूरा गरिन्छ। त्यसो भएन भने फेरि आउने अवस्था यस्तै हो।’
यस्तै, उनले प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न नसक्ने हो भने राजीनामा दिन पनि आग्रह गरेका छन्।
उनले भने, ‘आन्दोलनको मर्म बुझ्नु भएको छ, ७६ जनाको मृत्यु भएको कुरा पनि बुझ्नु भएको छ भने माग सुन्नु अहिले पनि ढिला भएको छैन। यदि सक्नु हुदैन, संविधान संशोधन गर्न सक्नु हुदैन भने तपाईं राजीनामा दिनुस्, तपाईं घोडा टेक्नु हामी के गर्नुपर्ने हो त्यसपछि गर्छौं।’
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया