बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गर्दै अब राजनीतिमा नयाँ बाटो समाउने घोषणा गरेका छन्।
बिहीबार अध्यक्षलाई सम्बोधन गरिएको पत्रमार्फत उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी गराएका हुन्।
यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रीत दलहरूबाट मधेश तथा देशको विकास सम्भव नहुने स्पष्ट उल्लेख गरेका छन्।
उनले सार्वजनिक गरेको पत्रमा उनले ‘मधेशी जनअधिकार फोरम नेपालबाट राजनीति सुरु गरी जसपा सम्मको यात्रामा अन्याय, अत्याचार, शोषण र विभेदविरुद्ध आवाज उठाउँदा थुना, जेल र मुद्दा मामिलासमेत भोगेँ। तर अब मधेश र देशको विकासका लागि नयाँ विकल्प खोज्नु आवश्यक भएको निष्कर्षमा पुगेको छु,’ भनेका छन्।
उनले आफ्नो जीवन जोखिममा राखेर पनि अधिकारका मुद्दाहरू उठाउँदै आएको दाबी गरेका छन्। तर वर्तमान अवस्थामा मधेश केन्द्रीत दलहरूबाट ठोस परिवर्तनको अपेक्षा असम्भव देखिएको कारण राजीनामा दिएको स्पष्ट पारेका छन्।
उनी अब नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा प्रवेश गर्ने तयारीमा रहेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया