बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गर्दै अब राजनीतिमा नयाँ बाटो समाउने घोषणा गरेका छन्।
बिहीबार अध्यक्षलाई सम्बोधन गरिएको पत्रमार्फत उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी गराएका हुन्।
यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रीत दलहरूबाट मधेश तथा देशको विकास सम्भव नहुने स्पष्ट उल्लेख गरेका छन्।
उनले सार्वजनिक गरेको पत्रमा उनले ‘मधेशी जनअधिकार फोरम नेपालबाट राजनीति सुरु गरी जसपा सम्मको यात्रामा अन्याय, अत्याचार, शोषण र विभेदविरुद्ध आवाज उठाउँदा थुना, जेल र मुद्दा मामिलासमेत भोगेँ। तर अब मधेश र देशको विकासका लागि नयाँ विकल्प खोज्नु आवश्यक भएको निष्कर्षमा पुगेको छु,’ भनेका छन्।
उनले आफ्नो जीवन जोखिममा राखेर पनि अधिकारका मुद्दाहरू उठाउँदै आएको दाबी गरेका छन्। तर वर्तमान अवस्थामा मधेश केन्द्रीत दलहरूबाट ठोस परिवर्तनको अपेक्षा असम्भव देखिएको कारण राजीनामा दिएको स्पष्ट पारेका छन्।
उनी अब नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा प्रवेश गर्ने तयारीमा रहेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया