बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न एमाले नेताहरू बालुवाटार पुगेका छन्।
प्रधानमन्त्रीले चुनावको वातावरण बनाउने उद्धेश्यले राजनीतिक दलका नेताहरूसँग संवाद थालेकी हुन्। बिहीबार अपराह्न भएको छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी थिए।
सरकार पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन्।
संसद पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालत पुगेको एमालेले यता निर्वाचन प्रयोजनका लागि दल दर्तासमेत गरेको छ।
बालुवाटार स्रोतका अनुसार एमाले नेताहरूसँगको छलफल सकारात्मक रहेको छ। एमाले नेताहरूले सरकारले वातावरण बनाए एमालेलाई निर्वाचनमा जान कुनै अप्ठ्यारो नरहेको प्रधानमन्त्रीलाई बताएका छन्।
स्रोतका अनुसार एमाले नेताहरूले छानबिनको नाममा एमालेलगायत राजनीतिक दलका नेताहरूमाथि प्रतिबन्ध लगाउने, निर्वाचनमा रोक्ने प्रयास गरिए निर्वाचन हुन नसक्ने चेतावनीसमेत दिएका छन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया