बिएल संवाददाता
नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद हुँदा विराटनगरमा ओलीपक्षका नेता पर्शुराम बस्नेत विद्या पक्षका नेताबाट कुटिएका छन्।
मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा दुई समूहबीच हात हालाहाल भएको हो।
त्यहाँ संस्थापन र इतर समूहबीच प्यानल नै बनाएर भिडन्त छ। सर्वसहमतिमा प्रतिनिधि छनोट हुन नसकेपछि मतदान गरिएको थियो। डबल मत हालेको भन्दै विवाद भएपछि केहीबेर मतदानसमेत स्थगित गरिएको थियो।
वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा संस्थापन पक्षले पटक–पटक एकै व्यक्ति किन गएको भन्दै प्रश्न उठाएका थिए।
विवाद बढेपछि विनोद ढकाल समूहका कार्यकर्ताले ओली समूहका नेता बस्नेतमाथि हातपात गरेका हुन्।
विवाद भएपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया