बिएल संवाददाता
एमाले महाधिवेशन प्रतिनिधि चयनमा संस्थापनले एकलौटी गरेको भन्दै धनकुटामा इतर पक्षले निर्वाचन बहिष्कार गरेको छ।
संस्थापनका राजेन्द्र राई र इतरका इन्द्रमणी पराजुली समूह प्यानल बनाएर भिडेका छन्। राई समूहले मतदातालाई नै थाहा नदिइ एकलौटी निर्वाचन गराएको आरोप लगाउँदै असन्तुष्ट समूहले बुथ तोडफोड गरेका छन्। मतपत्र च्यातिएको छ।
पराजुली पक्षले फर्जी मतसमेत हालेको भेटिएपछि पतपेटिका फ्यालिएको दाबी गरेको छ। असन्तुष्ट पक्षले मतदान केन्द्रमा तालाबन्दीसमेत गरेको छ।
पराजुली पक्षका अनुसार दुई पक्षबीच शुक्रबार राति संस्थापनले ९ जना र इतरले ४ जना प्रतिनिधि पठाउने सहमति गरेको र आफ्नो समूहका ४ जना बाहेकले नाम फिर्ता लिएपछि राई समूहले चुनाव गराएर धोका दिएको आरोप लगाएको छ।
राई पक्षले भने सर्वसम्मत हुन नसकेपछि निर्वाचनमा गएको र हार निश्चित भएको समूहले तोडफोडमा उत्रिएको आरोप लगाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया