बिएल संवाददाता
रवि लामिछानेको विकल्प खोज्ने रास्वपाका नेताहरूलाई झर्रो जवाफ दिएर सामाजिक सञ्जालमा भाइरल भएकी एमाले नेतृ पद्मा अर्याललाई जोडेर एमालेकै नेतृ पद्मा अर्याललाई ईश्वर पोखरेल निकट नेताकार्यकर्ताले ट्रोल गरिरहेका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको एमालेको ११औं महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले नेकपा एमालेको महाधिवेशन देश र पार्टीलाई कार्यदिशा दिने महाधिवेशन भएकोले अहिले अध्ययक्षमा ओलीको विकल्प नरहेको बताएकी थिइन्।
उनले भनेकी थिइन्, ‘यो विषम परिस्थितीबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन। यो अहिलेको आवश्यकता हो। अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो।’
यता ओलीको विकल्प खोजिरहेका संस्थापन इतरका नेता कार्यकर्ताले भने अर्याललाई रास्वपाकी नेतृ ज्वाला संग्रौलासँग तुलना गर्दै आलोचना र ट्रोल गर्न सुरु गरेका हुन्।
रास्वपामा पनि नेतृ संग्रौलाले पार्टीमा फरक मत राख्ने र सभापति रवि लामिछानेको विकल्प खोज्ने नेताहरूमाथि खनिने गरेको भन्दै आलोचना हुने गरेको छ।
रास्वपा छोड्ने नेताहरूले ज्वाला लगायतको व्यवहारबाट आजित भएको टिप्पणी गर्ने गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया