सोमबार, ०१ डिसेम्बर २०२५

मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

News Image
• • •

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ।

यादवको नियुक्ति गैरसंवैधानिक भन्दै प्रदेश सभाका ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो।

सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गर्नुपर्नेछ। यादवले विश्वासको मत नपाए प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको आह्वान गर्नु पर्नेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!