बिएल संवाददाता
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर बोहराको सेटिङमा ५ अर्ब घोटाला गर्न लागेको भएको संगीन आरोप लगाएका छन्।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले दुई मन्त्री मिलेर विद्युत परियोजनाहरूमा अनियमितता गर्दै कुलमानलाई चुनावी खर्च जोहो गर्न लागेको गम्भीर आरोप लगाएका हुन्।
रामेश्वर र कुलमानको मिलेमतोमा अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र यसबाट करिब ५ अर्ब रुपैयाँ संकलन गर्ने योजना रहेको कुलमानको दाबी छ।
उनले भनेका छन्, ‘बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजार सुनिश्चित नभएको, रन अफ दि रिभर आयोजनाको अनुपात बढन गई उर्जा सुरक्षामा जोखिम बढेको, सुख्खायाममा बिजुलीको अभाव र बर्षायाममा बिजुली खेर जाने अवस्था सिर्जना भएको र विद्युत प्राधिकरणको वित्तीय अवस्था ठीक नभएकोले ‘टेक अर पे’ मा पिपिए नगर्ने व्यवस्था बजेट वक्तव्य मार्फत अघिल्लो सरकारले गरेको थियो।’
बस्नेत थप्छन्, ‘यो दीर्धकालीन महत्वको नीतिगत निर्णय हो। तर, अहिले प्रवर्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको टेक अर पे पीपीए गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी छ। यसबाट करीब ५ अर्ब अर्थ संकलन र चुनावी खर्च जोहो गर्ने र यो काम फत्ते गरेपछि मात्र मन्त्रीबाट राजीनामा गर्ने कुलमानको योजना छ। यो निर्णयबाट विद्युत प्राधिकरण टाट पल्टने निश्चित छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया