मङ्गलबार, ०२ डिसेम्बर २०२५

शशांकको खुलासाः सभापतिमा शेखर र आफूमध्ये एकजना लड्ने

News Image
• • •

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १५औँ महाधिवेशनमा आफू र अर्का नेता डा. शेखर कोइरालामध्ये एकजना सभापतिको उम्मेद्वार बन्ने बताएका छन्।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता शशांकले आफू र दाइ शेखरसँगबीच मिलेर जानेबारे कुराकानी भइरहेको बताए।

उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुईजनामध्ये एक जना लड्छौं।’

उनले आगामी पुसमा महाधिवेशनको मिति तोकिए पनि कम समय भएकोले पुसमा हुन नसके प्रतिनिधि सभा निर्वाचनपछि हुने बताए।

उनले कम समय भए पनि सकेसम्म सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!