बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १५औँ महाधिवेशनमा आफू र अर्का नेता डा. शेखर कोइरालामध्ये एकजना सभापतिको उम्मेद्वार बन्ने बताएका छन्।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता शशांकले आफू र दाइ शेखरसँगबीच मिलेर जानेबारे कुराकानी भइरहेको बताए।
उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुईजनामध्ये एक जना लड्छौं।’
उनले आगामी पुसमा महाधिवेशनको मिति तोकिए पनि कम समय भएकोले पुसमा हुन नसके प्रतिनिधि सभा निर्वाचनपछि हुने बताए।
उनले कम समय भए पनि सकेसम्म सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया