बिएल संवाददाता
रास्वपा परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठले कुनै पनि नागरिकले नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने र कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन्।
बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले नेपालको मुद्दा भ्रष्टाचार, नातावाद र कृपावादलाई पार्टीले मूल मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताइन्।
उनले भनिन्, ‘भदौ २३ र २४ गतेको जुन मूल मुद्धा छ त्यसलाई अंगिकार गर्नुहोला। नेपालको मूल मुद्धा भ्रष्टाचार, नातावाद र कृपावाद हो। कुनै पनि नागरिकले नागरिक भएर बाँच्नको लागि कुनै पनि राजनीतिक दलको फेर समात्नुपर्ने, कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य यो पार्टीले गरोस्।’
त्यस्तै, उनले आफू अहिले एकताको अभियानमा रहेको बताउँदै एकताको बाटोमा गएर पुराना पार्टीको संस्कारलाई फाल्नको लागि फराकिलो छाती बनाउनुपर्ने धारणा राखिन्। अबको बाटो भनेको सुशासन र विभेदरहित समाज रहेको उनको भनाइ छ।
‘धेरैले सोध्छन् सुमना कहाँ छ? सुमना एकतामा छ। एकता हुनैपर्छ।एकताको बाटोमा गएर यो पुराना पार्टीको संस्कारलाई फाल्नको लागि फराकिलो छाती बनाऔं। अबको बाटो भनेको सुशासनको बाटो हो र विभेदरहित समाज पनि अर्को बाटो हो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया