बुधबार, ०३ डिसेम्बर २०२५

प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा कारण देखाउ आदेश, अन्तरिम आदेशको माग अस्वीकार

News Image
• • •

प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। एमालेले अन्तरिम आदेश मागेको रिटमा संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेन।

त्यस्तै इजलासले एमालेले दायर गरेको रिट यसअघि प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता भएर विचाराधीन रहेका रिटसँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरू सपना प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!